१० मंसिर २०८१ सोमबार
image/svg+xml

सौर्यका पाइलट डिस्चार्ज हुँदै, प्राधिकरणले लगायो बोल्न रोक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन्।

प्रतिनिधिसभामा सांसदहरुले भने: ‘हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बन्यो’

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिजाको पार्थिव शरीरमा माधव नेपालले पार्टीको झण्डा ओढाए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

सौर्य विमान दुर्घटना: शव जिम्मा लगाउन सुरु, आफन्त भने असन्तुष्ट

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव जिम्मा लगाउन थालिएको छ।

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ।

सौर्य विमान दुर्घटना: ज्यान गुमाएका १८ जनाको पोष्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने

गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

अस्पतालले भन्यो: क्याप्टेन शाक्यको तीन वटा करङ भाँच्चिएको छ

बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ।

सौर्य जहाज दुर्घटनाः घाइते पाइलट शाक्यको दिमागको एमआरआई हुँदै, बोल्न सक्ने अवस्थामा

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमागमा देखिएको दागसम्बन्धमा चिकित्सकले अनुसन्धान सुरु गरेका छन्।

सांसदलाई महानिर्देशक अधिकारीको जवाफ: छानबिन नभएसम्म दुर्घटनाबारे बोल्न मिल्दैन

सौर्य एयरलाइन्सको दुर्घटनाको विषयमा छानबिन समिति बनिसकेकोले आफूले बोल्न नमिल्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताएका छन्।

सौर्य जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम सकियो, भोलिसम्ममा आफन्तलाई बुझाइने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन हुन्छ : पर्यटनमन्त्री बद्री पाण्डे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने भएको छ। बुधबार विमान दुर्घटनालगत्तै घटनास्थल पुगेर निरीक्षण गरेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले घटनाबारे विस्तृत छानबिन हुने बताएका छन ।

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।

सौर्य एयरलाइन्सको जाहाज दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि बुधबार बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन ।

सौर्य विमान दुर्घटना: अस्पतालभित्र शव, बाहिर शोकाकुल आफन्त (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

विमान दुर्घटना स्थल पुगेर ओलीले भने: यो दुःखद् घडीमा धैर्य रहनुस्

बुधबार दिउँसो प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्