१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसदीय दलको नेता बन्न तयार छु: सुहाङ नेम्वाङ

नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतृत्व सम्हाल्न आफू सक्षम र इच्छुक रहेको बताएका छन्।

सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले पार्टीभित्र औपचारिक रूपमा संसदीय दलको नेताबारे छलफल नभएको स्पष्ट पारे। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले सोबारे छलफल हुन नसकेको बताउँदै उनले चाँडे पार्टीले निर्णय गर्ने जानकारी दिए।

आगामी दिनमा पार्टीले औपचारिक रूपमा नेतृत्व चयन प्रक्रिया अघि बढाए आफू जिम्मेवारी लिन पछि नहट्ने उनले स्पष्ट पारे। “पार्टीले अगाडि बढ्न भन्यो भने म पछि हट्दिनँ,” उनले भने।

नेम्वाङले सामाजिक सञ्जाल तथा सार्वजनिक क्षेत्रमा आफूलाई नेतृत्वमा देख्न चाहने आवाजहरूलाई सकारात्मक रूपमा लिँदै ती भावनाहरूलाई सम्मान गर्ने बताए। उनले ती चर्चा समर्थकहरूको सद्भावना भएको उल्लेख गरे।

प्रकाशित: १२ चैत्र २०८२ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App