१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘घण्टीघर’ पुगे बालेन, रास्वपाको बैठक सुरु

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी राजनीतिक रणनीति तय गर्न आन्तरिक बैठकमा जुटेको छ।

बैठकमा भाग लिन पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन्।

वरिष्ठ नेता शाहको उपस्थितिसँगै पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। संसद् भवनमा शपथ ग्रहण सकेर रास्वपाका केन्द्रीय सदस्य तथा सांसदहरू सिधै पार्टी कार्यालय पुगेका हुन्।

पूर्वनिर्धारित तालिकाअनुसार आज दिउँसो ४ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिको छलफल सकिएलगत्तै साँझ ५ बजे संसदीय दलको बैठक बस्ने तय भएको छ।

प्रकाशित: १२ चैत्र २०८२ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App