२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

इजरायलमाथि युद्ध सुरु भएदेखिकै भीषण आक्रमण गरेको इरानको दाबी

इरानले मिसाइलहरूले क्षेत्रमा रहेका धेरै इजरायली लक्ष्य र अमेरिकी अड्डाहरूलाई निशाना बनाएको बताएको छ। आईआरजीसीले शत्रुलाई पूर्ण रूपमा नहराएसम्म आक्रमण जारी राख्ने बताएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ।

पान्तडी-बिर्तामोड पक्की पुलको भौतिक प्रगति शून्य

कालीकोट जिल्लाको कर्णाली राजमार्गको पान्तडी-बिर्तामोड जोड्ने तिला नदीमाथि निर्माण हुने पक्की पुलको भौतिक प्रगति शून्य देखिएको छ।

राष्ट्र संघमा नेपालको प्रस्ताव पारित : देशका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि

राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

मध्यपूर्व द्वन्द्व : भारतीय विदेशमन्त्रीले गरे इरानी समकक्षीसँग फोनवार्ता

इरानबाहेक जयशंकरले जर्मन विदेशमन्त्री जोहान वेडेफ्यू र दक्षिण कोरियाली विदेशमन्त्री चोह येओनसँग पनि कुराकानी गरेका छन्। उनीहरूले मध्यपूर्वको द्रुत परिवर्तनशील अवस्थाबारे छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

को बन्ला नयाँ प्रधानन्यायाधीश?

न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको छ।

दाउन्नेमा पाँच सवारी ठोक्किए : आठ घाइतेको पहिचान खुल्यो

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्। यस्तै बसमा सवार अन्य छ जना यात्री पनि घाइते भएका छन्।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ।

इडवार्डोको ह्याट्रिकबाट मच्छिन्द्र शीर्ष स्थानमा

जोनाथन इडवार्डोको ह्याट्रिकबाट मच्छिन्द्र क्लब जारी राष्ट्रिय लिगमा सातौं जितसँगै लिगमा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भारत विश्वकै धेरै जनसङ्ख्या भएको देश र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता हो। त्यस्तै, खाना पकाउने ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउँछ।

सार्कलाई जापानको एक करोड २० लाख सहयोग

सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

रास्वपालाई सफलतासँगै सम्हाल्ने र सम्हालिने चुनौती

संविधानसभाबाट २०७२ सालमा जारी नयाँ संविधानअनुसार पहिलो पटक संविधानको धारा ७६ को १ अनुसारको सरकार मुलुकले पाउनेछ।

दुई फर्ममाथि विभागको जरिवाना, ११ लाई चेतावनी

विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो।

अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे, सतर्कता अपनाउन आग्रह

सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्