२४ चैत्र २०८१ आइतबार
image/svg+xml ९:४२ पूर्वाह्न
कला/संस्कृति

भक्तपुरमा ‘चिल म्युजिक फेस्ट’

नेपालका सांगीतिक परम्परा आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’ को समापन कन्सर्ट आयोजना गर्न लागेको हो।

भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाइ, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा सुनिनेछन्। यसअघि चिल म्युजिक फेस्ट झापा, रुपन्देही, काठमाडौं र चितवनमा भएको छ। आयोजककाे अनुसार चितवनको नारायणी किनारमा झण्डै १० हजार बढी दर्शकको उपस्थिति थियो।

पीभीई नेटवर्कका विकेश कायस्थले लोक, रक र आधुनिक संगीतको अदभूत संयोजन दर्शाउने यो उत्सव नेटवर्कको उद्देश्यअनुसार नेपाली संगीतको धरोहर जगेर्ना गर्दै समुदायलाई आपसमा जोड्ने प्रयास रहेको बताए।

कन्सर्ट हेर्न चाहने दर्शकले आफ्नो टिकटको डिजिटल प्लेटफर्म र खल्ती एपबाट टिकट लिन सक्नेछन्।

प्रकाशित: ६ चैत्र २०८१ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App