११ वैशाख २०८२ बिहीबार
image/svg+xml १२:४७ अपराह्न
अन्तर्राष्ट्रिय

नेतन्याहू र ट्रम्पको भेट : एजेन्डामा कर विवाददेखि इरान संकटसम्म

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेट हुने भएको छ। इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार यो जानकारी दिएको छ।  

इजरायली स्रोतलाई उद्धृत गर्दै च्यानलले भनेको छ, ‘दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारमाथि ट्रम्पको तथाकथित पारस्परिक कर नीतिको एक भागको रूपमा इजरायली सामानमा लगाएको १७ प्रतिशत अतिरिक्त करबारे छलफल गर्ने अपेक्षा गरिएको छ।’  

इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका जाने योजना छ। वालाले यो पनि भनेको छ कि यो ह्वाइट हाउस भ्रमण इजरायली अदालतले नेतन्याहूको भ्रष्टाचार मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि सम्भव भएको छ।  

ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै कर हटाएको थियो। तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन। 

करको मुद्दाबाहेक दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ। एएफपी

प्रकाशित: २४ चैत्र २०८१ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App