२० चैत्र २०८१ बुधबार
image/svg+xml १८:५० अपराह्न
कला/संस्कृति

छुट्टै बाटो

लघुकथा

माक्स र लिनाको भेट चार वर्षअघि काम खोज्दै गर्दा एक ठाउँमा भएको थियो। म्याक्स केन्याबाट ज्यान हत्केलामा राखेर लुकिछिपी अमेरिका छिरेको थियो। ऊसँग अफिसियल कुनै पनि कागजात थिएन। उसकै साथीले एउटा ‘फास्ट फुड रेस्टुरेन्ट’ मा आधिकारिक रूपले काम गर्न पाएकाले घण्टाको १८ डलर पाउँथ्यो। तर  म्याक्सले लुकिछिपी काम गर्नपर्ने भएकाले त्यही ठाउँमा घन्टाको १५ डलर मात्र पायो। त्यो बेला उसका लागि राम्रै रकम थियो। त्यसैले  खुशीसाथ आएको एक हप्तामा नै काम गर्न थाल्यो।

उसले काम गर्न थालेको करिव एक महिनापछि कर्मचारीको आवश्यकता भन्ने सूचना टाँसेको पढेर लिली नाम गरेकी ब्राजिलकी एउटी केटी त्यहाँ आई। उसको बोलीचाली र स्मार्ट्नेसबाट प्रभावित भएर मेनेजरले काममा लियो। ती दुवैको अंग्रेजी बोली शुद्ध थियो।थोरबहुत पढ्नलेख्न पनि जानेका थिए।

दुवै मेहेनेती र लगनशील थिए। रेस्टुरेन्ट राम्ररी चल्न थाल्यो। उनीहरू लिभिङ टुगेदर थिए। एक वर्षभित्र नै लिलीले छोरी पाई। बच्चा पाएको पन्ध्र दिनदेखि नै छोरीलाई डेक्यरमा राखेर काममा आउन थाली। ती दुवै केही पैसा जम्मा हुन्छ, छोरी पनि अलि ठुली हुन्छे अनि  बिहे गर्ने भनेर ढुक्क थिए।

सोचेको नहुने रहेछ। देशमा नयाँ शासन पद्धति लागू भयो। अनाधिकृत रूपमा त्यहाँ बस्नेहरूलाई खोजीखोजी देश निकाला गर्ने अभियान शुरू भयो। दुवै काममा जान डराएर  लुकेर कोठाभित्र लुकेर बस्न बाध्य भए। त्यसै बिच एकदिन रुमानियाको एउटा लिलीको बाबू जस्तो मान्छे आयो।

लिलीले हात समाएर भित्र लेराउँदै ‘म्याक्स, यो टम हो। यो यहीको नागरिक हो। मैले यिनीसँग बिहे गरे भने मलाई पनि रेसिडियसियल पर्मिट मिल्छ रे। त्यसैले लाऊ, यो हाम्रो छोरी तिमी नै राख। जे गर्छौ गर। म यिनीसँग गएँ है। तिम्रो र मेरो बिहे भएको छैन। त्यसैले हामी जुनसुकै बेला पनि छुट्टिन सक्छौं। बाईबाई बेबी’ भन्दै छोरीलाई म्वाइँ खाएर नयाँ साथीको हात समाएर हिंडी।

प्रकाशित: २ चैत्र २०८१ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App