बस्ती पसेका गैडा उद्धारमा सकस
सामान्यतया एउटा गैंडा उद्धारमा एक लाख रुपैयाँदेिख चार लाख रुपैयाँसम्म खर्च हुन्छ।
सामान्यतया एउटा गैंडा उद्धारमा एक लाख रुपैयाँदेिख चार लाख रुपैयाँसम्म खर्च हुन्छ।
अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्। नदीमा पानीको बहाव बढेर तर्न नसकिने भएकाले बाध्य भएर तीन किलोमिटर हिँडेर अर्को पुल प्रयोग गर्नु परेको हो।
सीता राई भूकम्पले भत्काएपछि नयाँ घर बनाउँदै थिइन्। घर बनाउने क्रममा सरकारले दिने दोस्रो किस्ता भर्खर प्राप्त भएको थियो। त्यति नै बेला उनी सुत्केरी भइन्। ६ जना छोरीमाथि अर्की छोरी र छोरो (जुम्लाहा) थपिए। दोस्रो किस्ता सुत्केरी खर्चमै सकियो। बन्दाबन्दैको घर स्थगित।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस परेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्षपछि केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन।
युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने वा त्यसमा छलफल नहुने सरकारले बताएको छ।
बढ्दो गर्मीसँगै उड्ने धुलोले मन्थलीवासी आजित बनेका छन्। अत्यधिक धुलोका कारण महामारी फैलने स्थिति बन्दा पनि स्थानीय जनप्रतिनिधिमा भने कुनै चासो र चिन्ता देखिँदैन। सडकभरि धेलैधुलो, त्यसमाथि सवारीसाधनको अत्यधिक चाप र तीव्र गतिको हँकाइ, यतिबेला सदरमुकाम मन्थली बस्नयोग्य नभएको अनुभूति हुने गरेको सर्वसाधारण बताउँछन्। यस्तो अवस्थामा पनि मौन बसेको भन्दै सर्वसाधारणको आरोप खेपिरहेको नगरपालिका भने स्रोतसाधन र जनशक्ति नहुँदा समस्या निम्तिएको भन्दै पन्छिने गरेको छ।
मध्यपहाडी लोकमार्गमा १० सुविधायुक्त नयाँ सहर बनाउने सरकारी योजना सुस्त बनेको छ। हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयन फितलो हुँदा ती योजनाले मूर्त रूप पाउने छाँट देखिँदैन। पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको नयाँ सहर योजनामा हालसम्म एक अर्बभन्दा बढी खर्च भइसकेको छ तर प्रतिफल न्यून छ।
केही दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो। केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे। तर, अहिले समय उल्टिएको छ। केटापक्षको सर्तअनुरुप केटीपक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।
‘आहा ! कस्तो राम्रो कलेज बिल्डिङ, गेट पनि दामी, गेट खोल्न–बन्द गर्न सुरक्षा गार्ड पनि राखेको रहेछ, म त यही कलेजमै पढ्छु।’ भर्खरै १२ कक्षा सकेर ब्याचलर कलेज खोज्दै हिँडेकी गंगाले मनमनै अठोट गरिन्। कलेजको कार्यालय छिरिन्, फर्म भरिन्। केही दिनपछि भर्ना हुने निधो गरिन्।
बाल्यकालकी सखी काठमाडौँका रैथानेसँग विवाह गरेर सुखको जीवन बिताएकी छ। ३ वर्षकी छोरीकी आमा ऊसँगको संवादले मन भने निकै बिथोलियो। केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी उसले आफ्नो जात ढाँटेर विवाह गरेकी रहिछ।
केपी ओलीले दोस्रो पटक सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गरेको फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत डेढ/ दुइ महिना देखि निकै प्रचार गर्दै आएको छ, मन्त्रालयको प्रचार यस्तो छ ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनका सबै काम टुंग्याउछौ।’
पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो छ। किरियामा बस्दै आएका धिराज बानियाँले सरसफाई नहँुदा दुर्गन्धले किरिया बस्न नसकेको जानकारी दिए। ‘जहाँतही फोहोर फालिएको छ। फोहोरले गर्दा शौचालय छिरिनसक्न छ,’ उनले भने, ‘दुर्गन्धले किरिया बस्न सकेका छैनौं। दुर्गन्ध झेलेर बल्लबल्ल ११ दिनसम्म त धानियो।’ उनका अनुसार कोठाहरु पनि साह्रै नै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न पनि कठिन भएको हुँदा बाहिरसमेत ढुक्कले बस्न नसकिएको किरियापुत्रीहरु बताउँछन्।
केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र राष्ट्रिय निकुञ्जभित्र सुटिङ गर्नुअघि राष्टिय निकुञ्जको विभागबाट अनुमति लिए पनि सम्बन्धित निकुञ्जका अधिकारी र कर्मचारीहरूले बढी शुल्क लिएर टोलीलाई सुटिङ गर्न दिएका थिए।
तारकेश्वर नगरपालिका १ र २का ज्येष्ठनागकिरले वृद्ध र एकल महिलाहरूलाई वृद्धाभत्ता तथा सामाजिक सुरक्षा भत्ता लिन धेरै सकस परेको छ। वडाले आफ्नै कार्यालयमा भत्ता नदिएपछि यस्तो समस्या परेको हो। वडा १ की स्थानीय देवकी तिम्लिसनाले एकल भत्ता लिन धेरै सकस भएको बताइन्।
दसैं मनाएर सहर फर्कने सर्वसाधारणले सवारी साधनमा सकसले यात्रा गर्नुपरेको छ। पूर्णिमासम्म टिका जमरा लगाउन मान्यजनकहाँ हिड्नेहरु र दसैं मनाएर कामको शिलशिलामा सहर फर्कनेहरु जोखिम मोलेर गाडी भित्र उभिएर र छतमा यात्रा गर्न बाध्य छन्।