१२ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई आज मंगलबार सम्मान गरेको हो।

अप्सरा पुडासैनी ‘शिवसावित्री सम्मान’बाट सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री अधिकारी स्मृति सम्मान २०८०’ प्रदान गरिएको छ।

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन्।

इलामका ६ जना समाजसेवी सम्मानित

विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई इलाममा सम्मान गरिएको छ। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले समाजका लागि लामो समय योगदान गर्ने अग्रजलाई नगदसहित सम्मान गरेको हो।

सय वर्ष पूरा गरेका जेष्ठ नागरिकहरु सम्मानित

एक सय वर्ष पूरा गरेका देशका विभिन्न जिल्लाका जेष्ठ नागरिक (शताव्दी पुरुष महिला)हरु बुधबार राजधानीमा एक कार्यक्रमवीच सम्मानित भएका छन्।

तीन खेल व्यक्तित्व सम्मानित

खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन्।नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे,५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन।

चार स्रष्टा सम्मानित

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरेको छ। विगत २९ वर्षदेखि निरन्तर प्रदान गर्दै आइएका यी सम्मान साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरी तथा अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा प्रदान गरेका हुन्।

सकियो एसियाली खेलकुदको १९औं संस्करण

४५ राष्ट्रकै झन्डा र खेलाडीहरू मार्च पास्टमा सहभागी भए। नेपालको तर्पmबाट रजत पदक विजेता एरिका गुरुङले नेपालको झन्डा बोकेकी थिइन्।

विदेशी मुद्रा आर्जन गर्ने संस्था तथा व्यक्ति सम्मानित

विश्व पर्यटन दिवस –२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। यो ४४ औं पर्यटन दिवस हो। नेपालले भने ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा तय गरेको थियो। नेपाल विश्व पर्यटन संगठनको सदस्य राष्ट्र हो।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

डा.दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्ने बताएका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ।

डा बिमल विपी साहित्य सम्मानबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह

छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्‍याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्