५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

खेल पत्रकार सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले खेल पत्रकारद्वय मुकुन्द बोगटी र रमेश सुवेदीलाई सम्मान गरेको छ।

मञ्चको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा  एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेशलाई सम्मान गरेको हो।

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ। सोहीअनुरूप मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहनुभएका बोगटीलाई रु २५ हजारसहित सम्मान गरेको हो। त्यस्तै युवा खेल पत्रकार सुवेदीलाई पुरस्कार स्वरुप एक थान ल्यापटप प्रदान गरियो।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले पत्रकारद्वयलाई सम्मान गरेका हुन।

सोही अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मञ्चले गरेको यस किसिमको सम्मानले राम्रो संस्कारको विकास भएको बताए।

त्यस्तै एन्फाका महासचिव किरण राईले नेपाली खेलकुदको विकासमा खेल पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने उल्लेख गरे।  

प्रकाशित: २७ भाद्र २०८० १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App