१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

डा.दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्ने बताएका छन ।

आज दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले विगतमा समेत नेपाल सरकारले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका विशिष्ट व्यक्तित्वहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनीहरूको जीवन कालमा उपाधि एवं अभिनन्दनद्वारा सम्मान गरिएको भन्दै उनले डा. दासलाई पनि सोही स्तरको सम्मान दिनुपर्ने धारणा राखे।उनले नेपाली समाजमा गरेको योगदानलाई चीर पर्यन्त सम्झनामा रही रहोस् भनेर सम्मान दिने गरिएको स्मरण गरे।

मन्त्री आचार्यले समाजमा विद्यमान विशिष्ट व्यक्तित्वहरूको बारेमा ती व्यक्तिहरूले गरेको योगदानको मूल्याङ्कन गरी कदर सम्मान एवं अभिनन्दन गर्नु सभ्य सुसंस्कृत र आधुनिक समाजको परिचय भएको बताए।

प्रकाशित: ९ आश्विन २०८० १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App