१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सकियो एसियाली खेलकुदको १९औं संस्करण

प्रविधिमा रोचक र आकर्षक प्रदर्शनी समारोहबीच एसियाली खेलकुदको १९औं संस्करण चीनको हानझाउ सहरमा आइतबार सम्पन्न भएको छ।

हानझाउस्थित ‘बिग लोटस’ नाम दिइएको हानझाउ ओलम्पिक स्टेडियममा १६ दिने एसियाली खेलकुद आइतबार औपचारिक समारोहबीच सम्पन्न भयो। समापन समारोह करिब दुई घण्टासम्म चलेको थियो।

जापानका दुई सहर नागोया र आइचीमा आगामी सन् २०२६ को सेप्टेम्बर १९ देखि २०औं एसियाली खेलकुद आयोजना हुँदै छ। सोही २०औं संस्करणमा भेट्ने वाचासहित सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुदको १९औं संस्करण सम्पन्न भयो।

समापन समारोहमा आयोजक हानझाउ सहरले यो आयोजना सफल बनाउने खेलाडी, प्रशिक्षक, प्राविधिक, स्वयम्सेवक र सम्पूर्ण पाहुनालाई धन्यवाद दिँदै एसियाली राष्ट्रलाई एकसूत्रमा बाँध्ने सन्देश दिएको थियो

 यस पटक १९औं एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलाडी सहभागिताका हिसाबले यो अहिलेसम्मकै ठूलो एसियाली खेलकुद हो। ८० हजार दर्शक क्षमता रहेको स्टेडियममा चीनका प्रधानमन्त्री ली च्याङको प्रमुख आतिथ्यता भएको समापन समारोहमा चीनको संस्कृति झल्कने खालको नृत्य प्रस्तुत गरिएको थियो।

जापानका दुई सहर नागोया र आइचीमा आगामी सन् २०२६ सेप्टेम्बर १९ देखि २०औं एसियाली खेलकुद आयोजना हुँदै छ। जापानमा भेट्ने वाचासहित सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुदको १९औं संस्करण सकिएको छ।

४५ राष्ट्रकै झन्डा र खेलाडीहरू मार्च पास्टमा सहभागी भए। नेपालको तर्पmबाट रजत पदक विजेता एरिका गुरुङले नेपालको झन्डा बोकेकी थिइन्। थ्री डी एनिमेसनमार्पmत दौडिएका खेलाडी स्टेडियममा सबैतिर दौडिए। सोही अवसरमा कलाकारले हाानझाउ सहरको कला, संस्कृति लगायत विषयलाई समेटेर अदृश्य डोरीमार्फत नृत्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथिले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहलाई ओसिएको झन्डा र आगामी एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरे।

समापन समारोहमा जापानमा हुने एसियाली खेलकुदका खेल स्थल र त्यहाँको संस्कृति पनि देखाइएको थियो। सो अवसरमा पहिलो संस्करणको ओलम्पिक टर्च सबै अतिथिले बोक्दै समर्थकमा देखाइएको थियो। ‘धन्यवाद हानझाउ, नागोया र आइचीमा भेटौंला भन्ने सन्देशका साथ समारोह सम्पन्न भएको थियो। ४५ राष्ट्रमध्ये दक्षिण एसियाका माल्दिभ्स, भुटानसहित रिपब्लिक अफ लेस्टे टिमोर र यमन यस पटक पदकविहीन भए।

राजवंशी सम्मानित

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ।

एआइपीएस एसियाले पाँचवटा र सोभन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरिका पत्रकारहरूलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन्।

हानझाउको मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य सियोङ मिन रियु, एआइपिएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए।

एआइपीएसले अन्तर्राष्ट्रिय रूपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरु गरेपछि एआइपिएस एसियाले यो वर्षको एसियाली खेलकुदबाट सम्मानको अभियान थालेको हो। जसमा यो वर्ष ६९ जना पत्रकार सम्मानित भए। राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हान्झाउ एसियाडमा रिपोर्टिङ गरेका थिए। 

प्रकाशित: २२ आश्विन २०८० ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App