जोखिममा मेची राजमार्गः बिकल्पविहीन कि उदासिन?
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।
अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम स्थगित गरिएको छ। राजदुवाली–गोलाखर्क खण्ड मर्मत गर्दा माथिबाट पहिरो आएर झनै जोखिम बढ्ने भएपछि काम रोकिएको हो।
करोडौँ रुपैयाँ खर्चिँदा पनि गुणस्तर सुधार हुन नसकेको मेची राजमार्गको इलाम नगरपालिका ९ मा पर्ने राजदुवाली–गोलाखर्क खण्डको अब विकल्प प्रयोग गरिने भएको छ।
निरन्तरको वर्षाका कारण मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको छ।
बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्।