२० आश्विन २०८१ आइतबार
image/svg+xml

सावा खोलामा माछा मार्न गएका दुई जना बेपत्ता

ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्। शनिवार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्।

पहिचान जोगाउन मलेखुमा माछाको प्रतिमा

राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाका भएकाले पनि मलेखुको माछा बजार सबैलाई लोकप्रिय बनेको छ।

रानी भन्सारबाट भित्रियो नेपालमा प्रतिबन्धित माछा

मांसाहारी प्रजातिको यो माछा ठुलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयको वदमासी खुलेको हो । सुनसरी प्रहरीका अनुसार भारतबाट ल्याइएको ५ हजार किलोभन्दा बढी मुंग्री माछासहित एक ट्रक पक्राउ गरिएको छ । ट्रकमा पोखरी जस्तो बनाएर ज्यूँदो मुंग्री माछा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।

बराहपोखरीबाट रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन

लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् ।

माछापुच्छ्रे को बजेट ६२ करोड ६७ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले ६२ करोड ६७ लाख ६९ हजार दुई सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको बजेट भन्दा झन्डै आठ करोड ६७ लाखले कम हो ।

माछा मार्न गएका वृद्धको नदीमा बगेर मृत्यु

माछा मार्न गएका डिलासैनी गाउँपालिका–६ का ६० वर्षीय हिरा रानाको चमेलिया नदीमा बगेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर बांगाबगरनजिक नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

माछा पोखरीमा वृद्धा मृत भेटिइन्

उदयपुरकी एक वृद्धा माछा पोखरीमा मृत भेटिएकी छिन् । त्रियुगा नगरपालिका १ जोगीदहकी ६९ वर्षीया मधुमाया खत्री स्थनीय माछा पोखरीमा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान केन्द्रकै माछालाई दाना अभाव भएपछि रोटेसन सिष्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दानाको अभाव भएपछि रोटेसन सिष्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दानाको आयात घटेपछि रोटेसन सिष्टम लागू गरिएको केन्द्र प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।

संकटमा बराहपोखरीको रातो माछा

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्लभ रातो माछा मर्न थालेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको हो । ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय बिदुर श्रेष्ठले बताए ।

त्रिशुलीमा माछा मार्न गएका दुई जना बेपत्ता

त्रिशुली र मस्र्याङ्दी नदीले बगाएर दुई जना आईतबार बेपत्ता भएका छन्। गण्डकी गाउँपालिका–१ पाङ्खोलाका १४ वर्षीय बिकास चेपाङ माछा मार्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए। बेपत्ता बालक आफ्ना बाबु सँग माछा मार्न गएका थिए।

डोकाभरि असला माछा

दुःखको कुरा, म झरनाको तलाउबाट तल ढुंगाको पहरामा खस्दै आएर ठूलो तलाउको छेउमा खसें । त्यो बिहान मुस्किलले बाँचेँ । घर फर्कने बेला डरले थरथर कामिरहें ।

लकडाउनले माछा व्यवसायी पीडामा

कोभिड–१९का कारण  लकडाउनले सर्लाहीमा करोडौं मूल्य बराबरका माछा पोखरीमै थन्किँदा किसान मारमा परेका छन् ।

लकडाउनले सर्लाहीका पोखरीमा करोडौंका माछा थन्किए

सरकारी लकडाउनका कारण सर्लाहीमा करोडौं मूल्यका माछा पोखरीमै थन्किँदा किसान मारमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्