५ आश्विन २०८१ शनिबार
image/svg+xml

दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?

सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ।

पौडेललाई राष्ट्रपति बनाउन गण्डकीमा सत्तारुढ दलका प्रदेशसभा सदस्यको भेला

कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ।

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।

ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका छन्। त्यस अवसरमा ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन पनि उनले निर्देशन दिएका छन्।

गण्डकी प्रदेश सरकार डेढ महिनामै अप्ठेरोमा

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ। नयाँ राजनीतिक समीकरणसँगै गण्डकी प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई अप्ठ्यारो पर्ने देखिएको छ। सरकार बनेको डेढमहिना नपुग्दै अधिकारी सरकार अप्ठेरोमा परेको छ।

सामाजिक विकास कार्यालयमा टुक्रे योजना, कार्यान्वयनमा झन्झट

कार्यालयले चालु वर्षकालागि १५ लाखदेखि माथिका २० वटा योजना प्रदेश मन्त्रालयमा प्रस्ताव गरेर पठाएको थियो।

गण्डकी प्रदेशः मानवअधिकार उल्लंघनबाट ५४१ जना पीडित, सबैभन्दा कम घटना मनाङमा

गण्डकी प्रदेशमा सन् २०२२ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५ सय ४१ जना पीडित भएका छन्। ती मध्ये राज्यपक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना पीडित भएका हुन्। त्यसबाहेक मनाङमा वर्षभरिमा जम्मा दुईवटा घटना प्रहरीमा दर्ता भएका छन्। ती पनि घरझगडाका घटना दर्ता भएका हुन् ।

खुल्ला आर्चरी प्रतियोगिता: रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन

गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ (७०मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन्। पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन्। फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन्।

प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन्।

शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए

गण्डकी प्रदेशसभाको बैठक बस्दै

बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए।

गण्डकी प्रदेशसभा बैठक कक्ष: बाहिर चिटिक्क, भित्र भद्रगोल

सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा भवनमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताए।

मुख्यमन्त्रीले यो ‘मालाले मेरो कोटमा दाग लाग्यो’ भनेपछि...

आफुलाई लगाईदिएको माला हातमा देखाउँदै अधिकारीले भने, ‘यो माला मैले यहाँ किन ल्याएको भने, मैले केही कुरा भन्नुछ, यो माला मैले लगाउँदा मेरो कोट पनि समातियो, यसको दाग पनि यहाँ बस्यो, यो फूल पनि नेपालको होइन। तपाईहरू स्वाभिमानी हुनुहुन्छ स्वाबलम्बी हुनुहुन्छ। उत्पादन कार्यमा लाग्नुपर्‍यो, हामीले दिनैपर्ने भए नेपाली फुल दिऊँ, सक्दैनौं हाम्रो नेपाली परम्परा छ, हात जोडेर नमस्कार गरौं।’

गण्डकीमा विनियोजन ऐन संशोधन गरिंदै

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्