५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारी निवासको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न घरहरू सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरियो।

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।

लाप्राकमा एकीकृत बस्तीका ५७३ घर हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत बस्ती बिहीबार हस्तान्तरण गरिएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको लाप्राकका स्थानीयका लागि एनआरएनएले ५ सय ७३ वटा घर निर्माण गरिदिएको हो।

३७ वर्षअघि नेपालबाट हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ। मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ। महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति रहेको थियो।

नेपालबाट हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

भारतीय सहयोगमा निर्मित तीन सय किलोमिटर सडक हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग अन्तर्गतको १३ खण्डको सडक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। यो सडकको १४ खण्डको लम्बाइ करिब तीन सय किलोमिटर छ।

नयाँ भवन हस्तान्तरण नहुँदा भाडाको घरमा अदालत

गोरखा जिल्ला अदालतको भवन गत असारमा निर्माण कार्य पूरा भएको थियो। तर, अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन। भवन निर्माण कार्य पूरा भएको लामो समयसम्म पनि हस्तान्तरण नहुँदा भाडाको घरबाट काम सञ्चालन गर्नु परेको छ। जिल्लाकै ठूलो र सुविधा सम्पन्न रहेको जिल्ला अदालत भवन हस्तान्तरण नहुँदा मासिक ६४ हजार रूपैयाँ घर भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन्।

अधिकार हस्तान्तरणका लागि सर्वोच्चमा निवेदन

अधिकार हस्तान्तरणमा ढिलाइ गरिएपछि प्रदेश सरकारले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर समायोजन प्रक्रिया यथाशीघ्र पूरा गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको हो।

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।

खड्गीलाई चेल्सीको जर्सी

प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्ट्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच सम्मानित भएका छन्।

सामुदायिक विद्यालयलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण

रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्राहरुका लागि सेनेटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको हो ।

राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै उद्योगी, ब्यवसायी आन्दोलित

कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् ।

साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण

घरेलु तथा साना उद्योग कर्यालय कपिलवस्तुले तौलिहवामा नौ साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्