६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतीय सहयोगमा निर्मित तीन सय किलोमिटर सडक हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग अन्तर्गतको १३ खण्डको सडक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। यो सडकको १४ खण्डको लम्बाइ करिब तीन सय किलोमिटर छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वाक्राले बुधबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङलाई हुलाकी खण्डको १४ वटा सडकमध्ये निर्माण सम्पन्न भएका १३ खण्ड हस्तान्तरण गरेका हुन्।  

भारत सरकारले आठ सय करोडको लागतमा हुलाकी सडक निर्माण गरिरहेको छ। ३०१.२९ किलोमिटरको १४ खण्डमध्ये एक खण्डको निर्माण सकिएको छैन। नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्न १० वटा सडकको पहिचान गरेर निर्माण गरिएको थियो। भारत सरकारको आठ सय करोड रूपैयाँ आर्थिक सहयोगमा यो खण्डको सडक निर्माण गर्न लागिएको हो। यी सडकले पूर्व–पश्चिम राजमार्गमा अवस्थित प्रमुख सहरलाई भारत–नेपाल सीमासँग जोड्छ।  

नेपालको प्रदेश नम्बर १, २ र लुम्बिनीका सातवटा सीमावर्ती जिल्लामा अवस्थित ती सडकले २८४ भन्दा बढी वडालाई जोड्छन्। प्रत्येक सडक सात मिटर चौडा छन्। सडकको दुवैतर्फ दुई मिटरको सोल्जरको व्यवस्था गरिएको छ। यो परियोजना अन्तर्गत ६ सय ५२ वटा कल्भर्ट र एक सय ११ किलोमिटरभन्दा धेरै डे«नेजको नेटवर्क निर्माण गरिएको भारतीय दूतावासले जनायो। १० वटा सडकलाई १४ प्याकेजमा वर्गीकरण गरेर निर्माण गरिएको हो। सन् २०१६ अक्टोबरदेखि सन् २०१७ नोभेम्बरसम्ममा ती खण्डको ठेक्का लगाइएको थियो।  

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नति गर्न ठूलो सहयोग पुर्‍याएको दूतावासको प्रेस विज्ञप्तिमा उल्लेख छ। हुलाकी सडकले सीमा क्षेत्रमा निर्माणाधीन पूर्वाधार वीरगन्ज र विराटनगरमा अवस्थित एकीकृत चेकपोस्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको बताइएको छ।

प्रकाशित: १९ चैत्र २०७७ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App