coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण

घरेलु तथा साना उद्योग कर्यालय कपिलवस्तुले तौलिहवामा नौ साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण गरेको छ । उधमीहरुलाई प्रोत्साहीत गर्न उनीहरुलाई ढाका बुन्ने तान, पम्पसेट, चारा काटने मेशीन र सिलाई मेशीन प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले उद्यमीहरुलाई ती प्रबिधिहरु हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुुख खनालले जिल्लाको समग्र आर्थिक विकास र रोजागरीमा साना उद्यमीहरुको महत्वपुर्ण योगदान रहको बताए । उनले सना उद्यमीलाई नेपालका तिनै तहका सरकारले प्रथामिकतमा राख्नु पर्ने बताए ।  

सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख राजन केसीले उद्यमीहरुको आयआर्जनमा सहजताका लागि सो प्रबिधि प्र्दान गरिएको बताए । ‘काममा लागेका साना उद्यमीहरुलाई छनौट गरी साना सहयोग गरेका हौ ’ उनले भने । बाणगंगा नगरपालिकाको लक्ष्मी ढाका कपडा उद्योग र जागृति ढाका उद्योगलाई दुई दुई वटा ढाका बुन्ने तान दिईएको छ । यस्तै यशोधरा गाउँपालिकाको चन्द्र शेखर भैसी फर्मलाई चरा काटने मेशीन, सैनी एगकल्चर फर्म र सौरभ कृषि फर्मलाई पम्पसेट, प्रदान गरिएको छ । 

बुद्धुभुमीको रिआस ढल हाउसलाई २ थान सिलाई मेशीन प्रदान गरिएको छ । सिलाई कटाईमा लागेको केही उद्यमीलाई समेत मेशीन प्रदान गरिएको प्रमुख केसीले बताए । प्रबिधि पाएपछि उद्यमीहरु हर्षित बनेका छन् । 

प्रकाशित: १४ असार २०७७ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App