५ आश्विन २०८१ शनिबार
image/svg+xml

खेलकुद सामग्री हस्तान्तरण

विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी छन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।

हस्तान्तरण नहुँंदै पानी चुहियो करोड बढी लागतमा बनेको सम्पदामा

भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ ।

एनइएद्वारा स्वाब संकलन बुथ सहयोग

नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बागमती प्रदेशले नुवाकोटको खरानीटारस्थित क्षेत्रीय अस्पताललाई कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको स्वाब संकलन गर्ने बुथ हस्तान्तरण गरेको छ।

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई  एक लाख एक हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवन हस्तान्तरणका लागि चिनियाँ टोली आउनुपर्छ तर कोरोना भाइरसले गर्दा टोली आउन सकेको छैन।

‘साँस्कृतिक ज्ञान नयाँ पुस्तालाई’

शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन्।

सेनालाई स्काई ट्रक हस्तान्तरण

अमेरिकाले हालै नेपाल आइपुगेका एम २८ सिरिजका दुई स्काई ट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकी राजदूत -याण्डिबेरीले सेनाका बलाधिकृत रथी शरदकुमार गिरीलाई स्काई ट्रक हस्तान्तरण गरेका हुन्।

चेपाङ गाउँमा स्वास्थ्य चौकी हस्तान्तरण

सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाको नेतृत्वमा चेपाङ गाउँमा निर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ।

बन्दीका लागि पुस्तक हस्तान्तरण

जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

उत्सवमा बदलियो हस्तान्तरण समारोह

भूकम्पपछिको साढे चार वर्ष अस्थायी सिकाइ केन्द्र (टहरो) मा पढेका चौतारा–साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकका विद्यार्थीले नयाँ विद्यालय भवन पाएका छन्।

सुविधासम्पन्न अस्पताल स्थानीय तहलाई हस्तान्तरण

दोलखाको वैत्येश्वर गाउँपालिका–५ मैनापोखरीमा सञ्चालनमा रहेको हिमालयन केयर हेन्सको स्वामित्वमा सही हिमालयन स्वास्थ्य सहकारीले व्यवस्थापन गर्दै आएको सुविधासम्पन्न हिमालय केयर अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

बारा र पर्साका चक्रपात पीडितलाई नयाँ घर हस्तान्तरण गरिदै

हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि नेपाली सेनाले निर्माण गरिएका घर यसै साता हस्तान्तरण गरिने भएको छ

ज्येष्ठ नागरिकको अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण

ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, सिकाई तथा परम्परालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नका लागि ज्येष्ठ नागरिक संघले दिक्तेलको सरस्वती माविको प्रांगणमा अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण कार्यक्रम गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्