५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण

काठमाडौँ - देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई  एक लाख एक हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। कार्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई सो रकम हस्तान्तरण गरे। 

नगरपालिकाका नगर प्रमुख गिरीले विपद्मा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए। ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरवासीलाई पारदर्शीरुपमा सो रकम खर्च गरिने उनले बताए। स्थानीय सरकारको प्रतिनिधि, स्थानीय जनसेवकलगायत सबैले विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्ने उनले बताए। उनले भने, पहिले भूकम्प र अहिले लकडाउन भनेकै एकले अर्कालाई सहयोग गर्नुपर्ने समय हो। 

संस्थाका अध्यक्ष घिमिरेले नगरपालिकाको पहिलो सहकारीको तर्फबाट सहयोग रहेको रहेको बताए। विपत्तिमा परेका समुदायलाई सबैको थोपाथोपा सहयोगले उद्धार हुने उनले बताए। उनले भने, सबै  सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्न खाँचो छ। समाज रूपान्तरणका लागि हरेक वर्ष सीप विकास, लघुवित्त सामाजिक विकासलगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ। रासस

प्रकाशित: ३० चैत्र २०७६ ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App