१ मंसिर २०८१ शनिबार
image/svg+xml

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन्। र्‍याली यही मङ्सिर ७ गते हुनेछ।

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै बिहीबार अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

एमाले महाधिवेशन: एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस निकालिने

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ। चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो।

कांग्रेसमा देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुवै नेता त्यसमै टेकेर आआफ्नो आवश्यकता एकअर्कालाई महसुस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘तर त्यो दुवैका लागि आत्मघाती हुन्छ।’

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ।

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न

पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा महाधिवेशन गर्दैछ।

विप्लवको बन्दले महाधिवेशनको कार्यतालिका प्रभावित

कांग्रेसको १४ओैं महाधिवेशन अन्तर्गत सुर्खेतसहित ११ जिल्लामा मंगलबार गाउँ, नगर अधिवेशन हुने कार्यतालिका थियो।

कांग्रेस अधिवेशनः मतदानस्थल तोकियो, दुई हजार क्षेत्रीय प्रतिनिधि

नेपाली कांग्रेस यतिबेला महाधिवेशनको संघारमा छ। वडास्तरीय अधिवेशन टुंग्याएको कांग्रेसले आगामी मंसिर पहिलो साता जिल्ला, क्षेत्र र प्रदेश सभा अधिवेशन टुंग्याउने चरणमा छ। अधिवेशनको लागि कांग्रेसले विभिन्न तहको अधिवेशनको लागि मतदानस्थल तोकिदिएको छ।

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

राप्रपा एकता महाधिवेशनः थापा–राणा हराउन धवल–लिङ्देन गठजोड

राप्रपाको नेतृत्व दोस्रो पु्स्तामा ल्याउन धवलशमशेर र लिङ्देनले एउटै टिम बनाउने भएका छन्। दुईमध्ये एकजना मात्रै अध्यक्षको उम्मेदवार हुने सहमति उनीहरूले गरेका छन्।

एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट

पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रतिनिधि चयन गर्न आव्हान गरे पनि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा भने चुनावी प्रक्रिया अपनाएर छनौट टुंग्याइएको छ।

एमाले महाधिवेशन: इलामबाट छानिए २१ प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत् रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्