७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न दसौं महाधिवेशनका लागि अधिकांश जिल्लामा सर्वसम्मतिबाट प्रतिनिधि छनोट गरिसकेको जनाएको छ।

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको उनले बताए।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको उनले बताए। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको विज्ञप्तिमा उल्लेख छ।

एमालेले ३० कात्तिकसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ। प्रदेश १ बाट पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुरमा सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन्। त्यस्तै वाग्मती प्रदेशबाट दोलखा, रामेछाप,सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा पनि सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन्।

त्यसैगरी उपत्यका विशेष कमिटीबाट पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट शनिबार नै प्रतिनिधि छनोट भइसकेका छन्। 

गण्डकी प्रदेशबाट गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशबाट गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशबाट हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशबाट दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा सर्वसम्मतिको प्रयास भइरहेको एमालेले जनाएको छ। कञ्चनपुर–१ मा भने निर्वाचन नै भएको छ। त्यसको परिणाम आउन बाँकी छ।

केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरू, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेका छन्। पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको एमालेले जनाएको छ। बाँकी जिल्लामा सोमबारसम्म प्रतिनिधि चयन हुने एमालेले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App