६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन: इलामबाट छानिए २१ प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत् रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले जनाएको छ।

जिल्लाको क्षेत्र १ बाट ९ तथा क्षेत्र २ बाट १२ प्रतिनिधि महाधिवेशनका लागि छानिएका छन्। क्षेत्र १ बाट उमेश गुरुङ, उदय राई, नरेश तामाङ, कमला तामाङ, ध्रुव श्रेष्ठ, निर्मल राई, शोभा पराजुली, सावित्रा शिवा र विष्णुमाया आचार्य छानिए।  

क्षेत्र २ बाट मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेश बराल, कृष्ण श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत, नरेन्द्रनाथ भट्टराई, तारा गुरुङ, विन्दुु विश्वकर्मा, सरस्वती राई र देवेन्द्र विश्वकर्मा प्रतिनिधि छानिएको एमालेले जनाएको छ।  

एमाले महाधिवेशन आउँदो मंसिर ११ देखि १४ सम्म चितवनमा आयोजना हुँदैछ।  

प्रकाशित: २८ कार्तिक २०७८ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App