४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार

‘ज्येष्ठ नागरिकले राम्रो रसिलो व्यवहारको आशा जोबाट गरेको छ उसैबाट एक पटक मात्र नभएर पटक पटक मनै फुरुंग पार्ने काम नगरेर उल्टै नोक्सान पुर्‍याउने र दुःख दिने काम गर्नुलाई नै ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार भनिन्छ। यो विश्वव्यापी सामाजिक मुद्दा हो जसले विश्वभरिका ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्यलाई नराम्रो असर गर्छ।

जेठ २७ र २८ गते खोटाङका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकले जेठ २७ र २८ गते जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहका सबै ज्येष्ठ नागरिकलाई चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोपको पहिलो डोज दिने निर्णय गरेको हो।

कोभिसिल्डको दोस्रो डोज नपाउँदा अन्योलमा ज्येष्ठ नागरिक

गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो।

नेविसंघका सचिवले गरे ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान

नेपाल विद्यार्थी संघ खोटाङका सचिव राजदेस राईले ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम गरेका छन्।

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरुः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ।

सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्।

मेयर-अधिकृत द्वन्द्वले मध्यपुरथिमिका ज्येष्ठ नागरिकले पाएनन् भत्ता

‘गोरुको जुधाईमा बाच्छोको मिचाई’ भन्ने नेपाली उखान जस्तै भएको छ, यतिखेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा।

तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता

पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको दसैं नरमाइलो बनेको छ। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको आरोप जेष्ठ नागरिकको छ।

महामारीमा बुढ्यौली

विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ।

ज्येष्ठ नागरिकलाई कख पढाएबापत अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा छक्क !

६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याड मास्टर) आफूहरूको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मक्ख र छक्क देखिन्छन् ।

६० वर्ष कटेका नागरिकको प्रश्न : नेताहरूलाई चाहिँ कोरोना लाग्दैन ?

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले केही दिनअघि मात्र ६० वर्षमाथि र १२ वर्षमुनिकालाई घरबाट बाहिर ननिस्कन भन्दै सतर्कताको नयाँ नियम लागू गरेको छ ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्