१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेविसंघका सचिवले गरे ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान

ज्येष्ठ नागरिक भेटघाट तथा सम्मानमा नेविसंघका सचिव राजदेस राई । तस्बिर : नागरिक

नेपाल विद्यार्थी संघ खोटाङका सचिव राजदेस राईले ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम गरेका छन्। 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका राईले आफ्नो स्वर्गीय हजुरबा जसध्वज (जन्तरे) राई, हजुरमा चन्द्रकुमारी राई र आमा शुभकुमारी राईको स्मृतिमा खडा गरिएको अक्षय कोषबाट ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेका हुन्। स्वर्गीय हजुरबा, हजुरमा र आमाको स्मृतिमा २०५९ सालमा स्थापना गरिएको जसध्वज–चन्द्र–शुभ स्मृति अक्षय कोषबाट जेहेन्दार, गरिब, दलित र अपांग विद्यार्थीलाई छात्रबृत्ति पदान गर्ने गरेका नेविसंघका नेता राईले यसपल्ट ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम थप गरेका हुन्।  

५१ हजार १११ रुपैयाँ राशीको अक्षय कोषबाट आउने व्याजबाट सचिव राईले मंगलबारदेखि बिहीबारसम्म बतासेका घर–घरमा पुगेर ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई खादा ओढाएर, सम्मान–पत्र प्रदान गर्दै जुस खुवाएका छन्। कोषमार्फत् बतासेका ६० जना ज्येष्ठ नागरिकलाई प्रत्यक्ष भेटघाट गर्दै सम्मान गरिएको नेविसंघका सचिव राईले बताए। पछिल्लो पुस्तालाई मार्गदर्शन गर्नमा पुर्‍याएको योगदानको कदर गर्दै ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम राखेको जसध्वज–चन्द्र–शुभ स्मृति अक्षय कोषले जनाएको छ। 

नियमित कार्यक्रम अन्तर्गत जेहेन्दार, गरिब, दलित र अपांग विद्यार्थीलाई केही समयपछि छात्रवृत्ति प्रदान गर्ने सचिव राईले बताए।

प्रकाशित: ९ वैशाख २०७८ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App