६ महिनापछि भोलीबाट आन्तरिक हवाई उडान सुरु हुँदै
सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।
सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।
अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले नागरिक न्यूजलाई बताए।
निकै संघर्ष गरेर पाइलट बनेका सुजित लामा ढुंगाना सधैं मुस्कुराइरहन्थे। उनकी आमा ल्हेमीले निकै संघर्ष गरेर उनलाई हुर्काएकी थिइन्। लुक्लाको विमान दुर्घटनामा यो देशले पसीनाको मोल बुझेको एउटा जुझारु पाइलट गुमायो।
नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।
योगश भट्टराई पर्यटनमन्त्री मन्त्री नियुक्त भएर विदेशी राजदूतसँग भेटेपछि उनीहरूकै स्वार्थमा यो विषय उठ्दै आएको छ ।
लकाउनसँगै चैतबाट बन्द रहेको नियमितव्यावसायिक उडान भदौ १ बाट सञ्चालनमा ल्याउने तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयका सचिवस्तरीय छलफलबाट तोकिएको मापदण्डका आधारमा हवाई सेवा सञ्चालन गर्ने तयारी चलिरहेको हो।स्वास्थ्य मन्त्रालयले मापदण्डमा स्वीकृति दिन बाँकी रहेकोले आइतबार (आज) यस विषयमा निर्णय हुने पर्यटन मन्त्रालय स्रोतले बतायो।
काठमाडौंबाट विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि ५४ सय रुपैयाँको सुरुवाती एकतर्फी हवाई भाडादर।
बुध्द एयरले यात्रुका लागि टिकट बुकिङ खुला गरेको छ। उसले भदौ १ गतेदेखि नै संक्रमणरहित ढंगले सुरक्षित रुपमा उडान भर्ने प्रतिबद्धता जनाएको छ।
कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।
बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन। विमानस्थलको आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ।
लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।
हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौं लगाएर सडक यात्रा किन गर्लान् र?
विदेशमा रोजगारी गुमाएका श्रमिकलाई उद्धार गर्न सरकारले तोकेको महँगो हवाई भाडाको विरोधमा कुबेतमा रहेका नेपालीले ज्ञापनपत्र बुझाएका छन्। नियमित भन्दा दोब्बर बढी हवाई भाडा तोकिएको विरोधमा कुबेतमा क्रियाशील दर्जन बढी संघ/संस्थाले त्यहाँस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।
विदेशमा अलपत्र परेकालाई सरकारी कोषको रकम खर्चेर उद्धार गर्न अघिल्लो साता सर्वोच्च अदालतले आदेश दिएको थियो।
सरकारले तय गरेको हवाई जहाज प्रयोग नगरी बिहीबार ओमानबाट थप एक सय ४७ नेपाली स्वदेश फर्किएका छन् । सरकारले निर्धारण गरेकोभन्दा करिब २० हजार रूपैयाँ सस्तो हवाई भाडा तिरेर उनीहरू स्वदेश फर्किएका हुन् ।