४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ।

दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।

वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।

सडक भासिंदा पौवादुङवासीको दैनिकी कष्टकर

वर्षात्का कारण पहिराले सडक भासिंदा तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्ड अन्तर्गत तिवारीभञ्याङबाट अँधेरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो।

म्यानमारमा भीषण वर्षापछिको बाढीः ४५ हजार बढी मानिस बिस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

सुदूरपश्चिम लगायत कोशी,बागमती,गण्डकी,लुम्बिनीमा आज पनि भारी वर्षा हुने

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको छ।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

आगामी तीन दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको भन्दै मौसमविद्ले अब केही दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएका छन्।

वर्षा प्रभावित इलाकामा नेपाली सेना खोज तथा उद्धार कार्यमा सक्रिय

पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई सहयोग गरिरहेका छन।

पच्चीस घर डुबानमा

तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन्।उक्त बस्तीमा पानी जमेको छ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

अविरल वर्षाले भक्तपुरमा एउटा घर भत्कियो

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ।

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आज मधेस र बागमतीमा अत्यधिक वर्षाको सम्भावना, ५ प्रदेशमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्