२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगामी तीन दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको भन्दै मौसमविद्ले अब केही दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएका छन्। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै अब केही दिन भारतको बिहार प्रान्तको उत्तर–पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापीय मनसुनी प्रणालीको प्रभावसमेत नेपालमा पर्ने जनाएको छ।  

बुलेटिनमा लेखिएको छ, ‘आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपालनजिक सर्ने सम्भावना छ। त्यसले वर्षा गराउने छ ।’

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको पूर्वानुमान् छ।

शनिबार (आज) राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै शनिबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।  

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।  यसैगरी देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी आइतबार कोशी, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन चट्याङसहित धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षाका कारण दीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २७ श्रावण २०८० ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App