२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अविरल वर्षाले भक्तपुरमा एउटा घर भत्कियो

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ। दोलखा भिनपा वडा ५ माटी घर भई हाल सोही स्थान बस्ने बर्ष ३५ को बिदुर केसीले आफ्नो जग्गामा ईटा सिमेन्टले बनाएको टिनले छाएको चार कोठे अस्थाई घर भत्केको हो। घरको पछाडिपट्टीको ढिस्को बगेर आई घरको वाल भत्की पूर्ण रुपमा घर पुरिएको प्रहरीले जनाएको छ। घटनाबाट मानवीय क्षति भने हुन नपाएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

 उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट दुवाकोट वेसीबाट प्रहरी सहायक निरीक्षक शम्सेरबहादुर श्रेष्ठसहित ४ जना र शशस्त्र  प्रहरी दुवाकोट गणबाट प्र।ना।नि।को कमाण्डमा १० जनाको टोली खटिएको उनले जनाए। उक्त स्थान परिसर भक्तपुरबाट ४।५ किमि उत्तरमा पर्दछ ।

प्रकाशित: २३ श्रावण २०८० ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App