२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पच्चीस घर डुबानमा

तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन्। उक्त बस्तीमा पानी जमेको छ।

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए। बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन्। बाढीबाट चार घरमा क्षति पुगेको छ।

अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्तपाल परिसर लगायतका स्थान डुबानमा परेका छन्।  

प्रकाशित: २४ श्रावण २०८० ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App