११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एकजना वृद्धाको मृत्यु भएको छ।  

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।  

हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यता मन्त्रालयले भने औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ।  

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने,  ‘हामीलाई अहिलेसम्म हात्तीपाइले रोग  विरुद्धकै औषधी सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषयमा यकिन भएको छैन, हामी पनि बुझ्दै छौँ। यसका लागि हाम्रो टोली झापा पठाइसकेका छौ’ अनुसन्धानपछि मात्रै के कति कारणले उहाँको मृत्यु भएको हो, अनि थाहा हुनेछ।’

प्रकाशित: २१ वैशाख २०८१ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App