७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

पत्रकार महासंघ गण्डकी प्रदेशको छुट्टै कार्यालय

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय बनाएको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय बनाएको हो । कार्यालयको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे ।

झोलामा कार्यालय !

भवनमा बसेर सेवा दिनुपर्ने कर्मचारी भने झोलामा कार्यालय राखेर हिँडेपछि नयाँ भवन प्रयोग नहुँदै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।

आन्तरिक पर्यटकलाई प्याकेज

नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्।

गण्डकी प्रदेशका तीन वर्षः विकासभन्दा राजनीति हावी

तीन वर्षअघिसम्म गण्डकी प्रदेशभित्र विद्युत्मा पहुँच भएका परिवारको संख्या ८२.२ प्रतिशत थियो। बाँकी जनसंख्यालाई दुई वर्षभित्र विद्युत्को पहुँचमा समेट्ने प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। तर प्रदेश सरकार गठन भएको तीन पुगेर चार वर्ष लाग्दा विद्युत्मा पहुँच पुग्नेको संख्या पाँच प्रतिशत बढेर प्रदेशका ८७.३९ प्रतिशत जनतासम्म मात्र पुगेको छ। प्रदेश सरकारको तीन वर्ष अवधिमा पाँच प्रतिशत परिवारको पहुँचमा मात्र विद्युत् सेवा थपिएको छ।

गण्डकी प्रदेश सरकारसँग अपुरा योजनाको चाङ

तीनवर्ष अघि प्रदेश सरकार गठन हुँदा गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश, सुखी नागरिकको नारा लिएर जनतासामु प्रस्तुत भएको थियो । तर तीनवर्षमा प्रदेश सरकारले गरेको कामको प्रगतिलाई सन्तोषजनक मान्न नसकिने अर्थतन्त्रका जानकार बताउँछन् । प्रदेश सरकासँग अपुरा योजनाको चाङ मात्र रहेको जानकारहरुको भनाई छ ।

गण्डकीका मुख्यमन्त्री भन्छन्ः काम गर्न सकिन, तर माफि माग्दिन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको तीनवर्ष सकिँदापनि काम गर्न नसक्नुमा संघ सरकार दोषी रहेको बताएका छन् ।

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकारः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रधानमन्त्री ओली भन्छन्ः विद्युत बेचेर नेपाल धनी हुँदैछ

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको १३२ केभी क्षमताको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार काठमाडौंबाटै भर्चुअल उदघाटन गरेका छन् ।

स्याङजामा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता

कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ ।

गण्डकीका मुख्यमन्त्री भन्छन्–‘निर्वाचनको विरोध गर्नु आत्मघात गरे सरह हो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनको विरोध गर्नु भनेको आत्मघात गरे सरह हुने बताएका छन् ।

बुढीगण्डकीमा खसेर बालक बेपत्ता

चुमनुब्री गाउँपालिका–५ का बुरबाट वडा ४ प्रोकको पानीघट्टमा जाने क्रममा १२ वर्षिय पेमा घ्याल्बो लामा नदीमा खसेका थिए ।

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र त्यसका लागि आफू सामना गर्न तयार रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। ‘उहाँहरूले अविश्वासको प्रस्ताव जुनसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसका लागि म तयार छु,’ दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने, ‘केन्द्रमा र अरू प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्नेछैन, मिलेर जानुपर्छ। अरू प्रदेशका लागि पनि नमुना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ।’

मुख्यमन्त्री गुरुङ भन्छन् : राजीनामा दिएक अर्कै कुरा नभए मन्त्रीको विकल्प सोच्दिन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुमतको सरकार हुँदा पहिले पनि संसद विघटनका अभ्यास हुने गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्