५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

स्याङजामा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता

कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ । क्लब च्याम्पियनसिप सकिए लगत्तै पोखरामै कास्की जिल्ला भलिबल संघको आयोजनामा महिला तथा पुरुष मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुनेछ । प्रदेशका ११ जिल्लाको सहभागिता रहने छ ।  

मुख्यमन्त्री कप भलिबल पोखरामा समापन पछि स्याङजामा प्रथम पुतलीबजार कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछ । स्याङजामा आयोजना हुने पुरुष पालिकास्तरीय भलिबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो । यसअघि स्याङजामा आयोजना भएका÷गरिएका प्रतियोगिता यति ठूलो धनराशी पुरस्कार थिएन् । निरन्तर प्रतियोगिताले खेलाडी व्यस्त बन्नेछन् । पुतलीबजार नगरपालिकाको मुख्य प्रायोजनमा पुतलीबजार नगर युवा तथा खेलकुद विकास सञ्जालको आयोजनामा  प्रतियोगिता आगामी फागुनको ८ गतेदेखि १३ गतेसम्म आँधीखोलातीरमा रहेको मालेबगर खेल मैदानमा सञ्चालन गरिने छ ।

प्रथम पुतलीबजार कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले दुईलाख रुपैयाँ नगद राशी पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छन् । ‘सम्बन्धित पालिकाकै राष्ट्रिय खेलाडीले खेल्न पाउने छन्’ प्रतियोगिताका संयोजक राजेन्द्रराज शर्माले भने, ‘अन्य बाहिरी पालिकाका खेलाडीलाई सहभागिता गराउन पाईने छैन् ।’  

१२ भन्दा बढी पालिकाको सहभागिता रहेको अवस्थामा नकाउट खेलाईने छ । १२ भन्दा कम भए लिगकम नकाउटको आधारमा खेलाईनेछ । सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी १५ हजार रुपैयाँ प्राप्त गर्ने सञ्जालका अध्यक्ष डोलबहादुर मल्लले सुनाए । बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेण्डर, बेष्ट क्विकर र बेष्ट कोच(प्रशिक्षक) लाई जनही ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता गत वर्ष आयोजना गर्ने तयारी गरिएपनि स्थगित गरिएको थियो । 

प्रकाशित: १८ माघ २०७७ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App