चिसो बढिसक्यो, तर, रोकिएन डेंगी
यो वर्ष तनहुँ सदरमुकाम दमौलीलाई डेंगीले आक्रान्त बनायो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भए। डेंगीबाट तनहुँमा पाँचजनाले ज्यान गुमाए। तनहुँपछि कास्कीमा संक्रमित बढी भए। कास्कीमा यो वर्ष २ हजार ८ सय ७५ जना संक्रमित बने। अहिले पनि तनहुँ, कास्की, स्याङजा, बागलुङ र गोरखा लगायतका जिल्लामा दिनहुँ डेंगी संक्रमित भेटिएका छन।