२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन्।

विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उनले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन्।

सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।

यसैगरी सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८० ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App