१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गण्डकी प्रदेशको भूकम्पपीडितका लागि एककरोड सहयोग

शनिबार नै औषधी सहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पठाएको गण्डकी प्रदेश सरकारले पीडितका लागि एककरोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई आईतबार मात्रै एककरोड सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।  

आईतवार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एककरोड सहयोग गर्ने निणर्य गरेको हो। ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौं,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने।

शुक्रवार राती भुकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए। ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ,’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं।’ भूकम्पपीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाईसकेको छ। 

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुम पश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन्। विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गरेको छ।  

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन्।  

प्रकाशित: १९ कार्तिक २०८० ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App