१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

चुरे गठन आदेश संशोधन प्रस्तावमा अर्थको सहमति

काठमाडौं- पदबाट बिदा हुन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश संशोधनका लागि अर्थ मन्त्रालयबाट सहमति लिएका छन् । मन्त्री पाण्डेले आफूनिकटका दुई व्यक्तिलाई समितिको बोर्डमा पार्न गठन आदेश संशोधन प्रक्रिया सुरु गरेका हुन् ।

प्रादेशिक राजधानीमा सहमति खोज

प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने तानातानीले यो विषयलाई जुन रूपमा जटिल बनाउँदै लगेको छ, त्यसले आगामी दिनमा समस्या ल्याउने निश्चितजस्तै छ । त्यतिमात्र होइन, यसले जनसाधारणबीच तिक्तता बढाई क्षेत्रीय मनमुटावको अवस्था पैदा हुने खतरा पनि उत्तिकै छ । त्यसैले सरकारले दलहरुको सहमतिका आधारमा प्रदेशको अस्थायी राजधानी तोक्ने कार्यमा ढिलाइ गर्नहुँदैन ।

जुटेन दलीय सहमति, राष्ट्रपति अप्ठेरोमा

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरू आआफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरू आफ्ना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो।

मूल्य निर्धारण नभए पनि चिनी उद्योग सञ्चालन गर्ने सहमति

किसानले खेतमा रोपेको उखुको मूल्य निर्धारणमा सहमति हुन नसके पनि चिनी उद्योग सञ्चालनमा आउने सहमति भएको छ। सहमतिपछि देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन्।

बाँदरमुढे घटनाका पीडित र दाहालबीच तीन बुँदे सहमति

बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ। वाम गठवन्धनले माडीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न माडी पुगेका दाहालसँग घटनामा पीडित प्रतिनिधिसँग सहमति भएको हो।

दुई गठबन्धनको सहमतिपछि लागार्चेमा मतदान सुरु

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत लागार्चे मतदान केन्द्रमा मतदान सुरु गर्न सहमति जुटेको छ। सहमतिपछि अबको केहीबेरमा मतदान सुरु हुने सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान ११ बजे लहानस्थित आफ्नौ पार्टीका नेता राजलाल यादवको निवास आउँदा हतास देखिन्थे । राजलाल सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

दसबुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

सरकारसँग बुधबार १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । सहमतिपछि डा. केसीले धादिङ, नौबिसेकी १० वर्षीया रोजीना तामाङको हातबाट मह र पानी खाएर अनशन तोडेका हुन् । तामाङ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

उड्डयन महानिर्देशक आचार्यलाई बनाउन सहमति माग

पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसँग सहमति मागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आचार्यलाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसँग सहमति माग्दै पत्र पठाएका हुन् ।

परिवार दलद्वारा तीनबुँदे सहमति अनुमोदन

नेपाल परिवार दलको केन्द्रीय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिनअघि दिवंगत आमाको क्रिया बसिरहेको स्थानमा बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र परिवार दलबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेपछि मंगलबार बिहान अस्पताल प्रशासन र जुनियर रेजिडेन्स वेल्फेयर सोसाइटी, मेडिकल एण्ड डेन्टल फ्याकल्टी सोसाइटीबीच भएको छलफलमा सहमति भई अस्पतालमा ओपिडी सेवा सुचारु भएको हो ।

निर्वाचन आचार संहिता पालना गर्ने सहमति

मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लाका सरोकारवालाहरुले निर्वाचन आचार संहिताको पालना गर्ने भएका छन् । निर्वाचनको मिति निजिकिदै जाँदा सदरमुकाम बेसीसहरमा आयोजित राजनीतिक दल, सुरक्षा समिति र विषयगत सरकारी कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको बैठकले आचार संहिता पालना गर्ने गराउने निर्णय गरेको हो ।

आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

चौतर्फी आलोचना भए पनि अर्थ मन्त्रालयले निर्वाचन आयोगका प्रमुखसहित सबै पाँच आयुक्तका लागि गाडी किन्न ११ करोड २० लाख रुपैयाँ बजेट दिने सहमति दिएको छ ।

चिकित्सा विधेयकमा डा. केसीका १८ असहमति

तीन दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले संसद्बाट पारित हुने क्रममा रहेको चिकित्सा शिक्षा विधेयकमा कम्तीमा १८ वटा असहमति राखेका छन् ।

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

प्रादेशिक र केन्द्रीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्वारी दिने भएको छ।  शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा  उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्