२० असार २०८१ बिहीबार
image/svg+xml

भाइटीकामा उनेको मखमली माला नओइलिँदै विपीन घर फर्किदियोस्...

‘एकएक पल रिहाइको आशाले गुज्रिरहेको छ,’ उनले भने, ‘रिहाइको आशामा सबैका आँखाबाट आँसु बगिरहेको छ।’

हमास-इजरायल युद्धविरामको समयावधि २ दिनका लागि लम्बियो

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिनका लागि लम्ब्याउने विषयमा सहमति भएको बताएको छ।

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।

हमास-इजरायल युद्धविरामः इजरायलका थप १४ जना बन्धक रिहा

हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १४ जना बन्धकलाई रिहा गरेको छ।

गाजा-इजरायल युद्धविरामः ६१ वटा सहयोग सामग्रीसहितको ट्रक गाजा प्रवेश

हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्।

हमास-इजरायल युद्ध विरामको तेस्रो दिनः हमासद्वारा ४१ इजरायली रिहा

युद्ध विरामको दुई दिनको अवधिमा हमासले इजरायलका ४१ जना बन्धकलाई रिहा गरेको छ। जसमा विदेशी नागरिक पनि छन्।

इजरायलले प्यालेस्टाइनमाथि गरेको हमलाको विरोधमा ससाना विद्यार्थीले गरे प्रदर्शन

इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमलाको विरोधमा आज शुक्रवार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ।नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिले प्रदर्शन तथा सभा गरेको हो।

इजरायल–हमासबीच युद्धविराम लागू, आज रिहा हुने १३ जना एकै परिवारका

प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।

हमास-इजरायल: आजबाट युद्धविराम लागू हुँदै, छाडिनेछन् १३ बन्धक

इजरायल र हमास बीच आजबाट युद्धविराम लागू हुने भएको छ। यसअघि बिहीवार बिहान १० बजेबाट युद्धविराम लागू हुने भनिए पनि त्यो हुन सकेन।

हमास-इजरायल युद्धः आज बिहान १० बजेबाट सङ्घर्ष विराम लागू हुने

हमास र इजरायलबीच आज बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ।

२४ घन्टाभित्र हमास-इजरायलबीच युद्ध विराम घोषणा हुन सक्छः कतार

दुबै पक्षबीच मध्यस्थताको भूमिका निर्वाह गरिरहेको कतारले अबको २४ घन्टाभित्र युद्ध विरामको घोषणा गरिने बताएको हो।

हमास-इजरायलबीच सहमति:४ दिनका लागि अस्थायी युद्धविराम,५० जना बन्धक रिहा गरिने

हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ।

इजरायल–हमास युद्धविरामले बढायो विपीन फर्किने विश्वास

दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।

मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री इजरायल–हमास द्वन्द्व समाधान वार्ता गर्न चीनमा

विद्यमान इजरायल–हमास द्वन्द्वलाई समाधान गर्ने उद्देश्यले मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री तथा अन्य अधिकारीहरू चीन पुगेका छन्।

विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई

इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्