१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल: आजबाट युद्धविराम लागू हुँदै, छाडिनेछन् १३ बन्धक

इजरायल र हमासबीच आजबाट युद्धविराम लागू हुने भएको छ। यसअघि बिहीवार बिहान १० बजेबाट युद्धविराम लागू हुने भनिए पनि त्यो हुन सकेन।

बीबीसीका अनुसार दुबै पक्षबीच मध्यस्थता गरिरहेको कतारले केही प्राविधिक तयारी नपुगेका कारण बिहीवारबाट युद्धविराम लागू गर्न नसकिएपनि स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट ४ दिनका लागि युद्धविराम लागू हुने बताएको छ।साथै आज दिउँसो ४ बजे इजरायली बन्धकहरूलाई रिहा गरिने पनि कतारले बताएको छ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले हमासद्वारा बन्धक बनाइएका १३ जनालाई आज दिउँसो ४ बजे रिहा गरिने जानकारी दिए। उनले बाँकी तीन दिनका लागि भने बन्धक रिहाईको सङ्ख्या भने फरक हुन सकने पनि बताए।

डेढ महिनादेखि इजरायल र हमासबीच जारी युद्धको क्रममा यो पहिलो युद्धविराम हो। जहाँ इजरायल र हमासले दुबै पक्षका बन्धकलाई रिहा गर्नेछन्। इजरायलले १५० जना प्यालेस्टिनीलाई रिहा गर्नेछ भने हमासले ५० जना इजरायलीलाई रिहा गर्ने सहमति भएको छ।

प्रकाशित: ८ मंसिर २०८० ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App