१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२४ घन्टाभित्र हमास-इजरायलबीच युद्ध विराम घोषणा हुन सक्छः कतार

इजरायलले सार्वजनिक गर्‍यो ३ सय प्यालेस्टिनीको सूची

हमास र इजरायलबीचको युद्ध विराम अबको २४ घन्टा भित्र हुनसक्ने छ। दुबै पक्षबीच मध्यस्थताको भूमिका निर्वाह गरिरहेको कतारले अबको २४ घन्टाभित्र युद्ध विरामको घोषणा गरिने बताएको हो।

कतारले ४ दिनका लागि गरिने युद्ध विराम थप आगामी दिनमा पनि कायम रहने बताएको छ। 

हमासको कब्जामा रहेका इजरायली बन्धकलाई लिएर दुबै पक्षबीच भएको सहमति पछि ४ दिनका लागि अस्थायी युद्ध विरामको घोषणा गर्ने तयारी भएको बीबीसीले जनाएको छ। हमासले सुरुवाती चरणमा ५० जना इजरायली बन्धकलाई रिहा गर्ने बताइएको छ। तर, ती बन्धक कहिले रिहा हुन्छन् भन्ने विषयमा खुलाइएको छैन।

यसैबीच, इजरायलले युद्धविरामको क्रममा रिहा गर्ने ३ सय प्यालेस्टिनीको सूची सार्वजनिक गरेको छ। हमाससँग भएको सम्झौता लगतै इजरायलले बुधवार ३ सय प्यालेस्टिनीको नामसहित सूची सार्वजनिक गरेको हो। 

इजरायलको न्याय मन्त्रालयको वेबसाइटमा सूची प्रकाशित गरिएको बीबीसीले जनाएको छ। रिहा हुने ३ सय जनाको नाम, उमेर र उनिविरुद्धको अभियोग उल्लेख गरिएको छ।

रिपोटका अनुसार पहिलो चरणमा १५० जनालाई मात्रै रिहा गरिने छ। जसमा २७४ जना पुरुष रहेका छन्। उनीहरुको उमेर १४ देखि ५९ वर्ष बताइएको छ। 

यसअघि मंगलवार ह्यूमन राइट्स वाचले इजरायलको हिरासतमा अहिले ७ हजार प्यालेस्टिनी रहेको बताएको थियो। जसमा २ सय महिला र ६० जना बालबालिका छन्।

प्रकाशित: ६ मंसिर २०८० ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App