१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल युद्ध विरामको तेस्रो दिनः हमासद्वारा ४१ इजरायली रिहा

तस्बिर सौजन्यः रोयटर्स

हमास र इजरायलबीच युद्ध विरामको आज तेस्रो दिन चलिरहेको छ। हालसम्म दुबै पक्षले सहमति अनुसार बन्धक बनाएका नागरिकहरूलाई रिहा गर्दै आएका छन्। जस अनुसार युद्ध विरामको दुई दिनको अवधिमा हमासले इजरायलका ४१ जना बन्धकलाई रिहा गरेको छ। जसमा विदेशी नागरिक पनि छन्।

समाचार संस्था सीएनएनका अनुसार हमासले युद्ध विरामको पहिलो दिन २४ जना बन्धकलाई रिहा गरेको थियो। जसमा १३ इजरायली नागरिक र ११ विदेशी नागरिक थिए। यस्तै युद्ध विरामको दोस्रो दिन शनिवार १७ जना बन्धकलाई रिहा गरियो। जसमा १३ इजरायली र चार थाई नागरिक थिए।

युद्ध विरामको तेस्रो दिन आज गाजाबाट रिहाइका लागि तयार गरिएका बन्धकहरूको सूची इजरायलले प्राप्त गरेको छ। गाजाले युद्ध विरामको ४ दिने अवधिमा बन्धक बनाइएकामध्ये ५० जना इजरायलीलाई रिहा गर्ने सहमति गरेको थियो।

यस्तै इजरायलले पनि शनिवार ३९ जना प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ। सहमति अनुसार इजरायलले १५० जना प्यालेस्टिनीलाई रिहा गर्नेछ।

प्रकाशित: १० मंसिर २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App