१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल युद्धविरामको समयावधि २ दिनका लागि लम्बियो

हमास र इजरायलबीच युद्धविरामको अवधि लम्बिएको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिनका लागि लम्ब्याउने विषयमा सहमति भएको बताएको छ। 

बीबीसीका अनुसार यसअघि चार दिनका लागि दुबै पक्षबीच चार दिनका लागि भएको युद्धविरामको समयावधि सोमवार सकिएको छ। 

युद्धविराम भएसँगै दुबै पक्षले आ आफ्ना कब्जामा रहेका नागरिकलाई रिहा गर्दै आएका छन् भने गाजामा सहयोग सामग्री पनि पठाइएको छ।  

हमासले पहिलो चरणको युद्धविरामको अवधिमा इजरायलका ५० र इजरायलले १५० जना प्यालेस्टिनीलाई रिहा गर्ने सहमति भएको थियो। सोही अनुसार दुबै पक्षले बन्धकलाई रिहा गर्दै आएका छन्।  

युद्धविरामको अन्तिम दिन सोमवार पनि दुबै पक्षले एक अर्काका बन्धकलाई रिहा गर्ने बताइए पनि रिहा हुनेको सङ्ख्या यकिन हुन नसकेको बीबीसीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App