१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल युद्धविरामः इजरायलका थप १४ जना बन्धक रिहा

तस्बिर सौजन्यः एपी

हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १४ जना बन्धकलाई रिहा गरेको छ। आइतवार हमासले १४ इजरायली र ३ जना थाई तथा एकजना रूसी बन्धकलाई रेडक्रसलाई जिम्मा लगाएको बताएको छ। तर, इजरायलले भने १४ आफ्ना र ३ विदेशी नागरिकलाई हमासले रेडक्रसलाई जिम्मा लगाएको बताएको छ।

बीबीसीका अनुसार एकजना बन्धकको राष्ट्रियतालाई लिएर अन्यौल भएका कारण ती व्यक्ति कुन मुलुकको हो भन्ने खुल्न सकेको छैन। रिहा भएका एकजना बन्धकसँग रूस र इजरायल दुबै मुलुकको नागरिकता छ।

हमासले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा रूसका ती बन्धकलाई रिहा गरिएको बताएको हो।

दुबै पक्षबीच जारी युद्ध विरामको आज चौथो दिन हो। आज पनि दुबै पक्षले बन्धक बनाइएकालाई रिहा गर्ने बताइएको छ।  

प्रकाशित: ११ मंसिर २०८० ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App