११ मंसिर २०८१ मंगलबार
image/svg+xml

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।

२४ लाख जरिवाना र कैद तोकिएका फरार पक्राउ

पक्राउ चारै जनालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमार्फत् सजाय भुक्तानका लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको छ।

जबरजस्ती ‘टुरिस्ट’ बनाउन खोजेः सांसद राई

‘संसदीय चुनावमा भोट माग्दै जाँदा एक ठाउँमा फ्याट्टै पाहुना नेता भनेर खिसी गरे’ उनले विगतको घटना स्मरण गरे ‘मलाई नमिठो लाग्यो, चुनाव जितेपछि तपाईंहरुसँगै करेसा जोडेर बस्छु भनेँ। नभन्दै चुनाव जितेलगत्तै कटारीमा जमिन किनेर झुप्रो घर हालिहालेँ।

सम्पत्ति नास हुने चिन्ताले जोखिमका बीच बेलकावासी घरमै

‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’

पशु विज्ञ केन्द्र उदयपुरलाई अत्याधुनिक भवन

अपाङ्तामैत्री अत्याधुनिक भवनमा कार्यालय प्रमु्खको कार्यकक्ष, सभाकक्ष, ३ वटै तलामा पुरुष तथा महिलाका लागि फरक–फरक शौचालय, खानेपानी र कर्मचारीकक्ष रहेका छन्। त्यस्तै माथिल्लो तलालाई कार्यालय प्रमुखको निवासमा प्रयोग गरिने छ।

सप्तकोसीको बाँध फुटेपछि उदयपुर बेलका नगरवासी त्रसित

‘बाँध भत्काएर कोसी बस्ती छिरेपछि सिशौलीघाट टप्पुमा परिणत भएको छ, म अहिले डुंगा चढेर यही आएको छु’ मेयर कार्कीले भने ‘वडा नं. ८ को सबभन्दा बढी जोखिम सिसौलीघाटलाई भएको छ, यहाँ डेढसय घरधुरीभन्दा बढी जोखिममा परेका छन्।’

कोसी कटान: तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न गृहमन्त्री निर्देशन

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै

वर्षौदेखि भोगचलन गर्दै आए पनि गाउँ ब्लकमा परेकाले जग्गाधनीहरु पुर्जाविहीन अवस्थामा थिए। उनीहरुलाई नापी कार्यायलले प्रचलित ऐन नियम अनुसार लालपुर्जा दिएको नापी शाखा उदयपुरका प्रमुख लालबाबु यादवले बताए। यादवका अनुसार २०२८ सालमा नापी गरेको निस्सा भए पनि लालपुर्जा नपाएको जमिनलाई ‘गाउँ ब्लक’को परिभाषाभित्र सरकारले राखेर थप प्रक्रिया अपनाएर पुर्जा दिने गरेको छ।

जिसस उदयपुरमा प्रमुख उपप्रमुखसहित गठबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी भएको छ। बिहीबार बिहान मतदान भएर दिउँसो घोषित मतगणना अनुसार प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय समिति प्यानलै गठबन्धनले जितेको हो।

उदयपुरका २९ वर्षीय खत्रीको हत्यामा संलग्न दुई पक्राउ

नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त

यस वर्षको गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारमा रहेका आधा दर्जन बढी कैदीको सजाय मिनाहा गरिएको छ।

उदयपुरमा सीमान्तकृत समुदायका हायु वडाध्यक्ष निर्वाचित

उदयपुरको कटारी नगरपालिकामा सीमान्तकृत समुदायका एक युवा वडाध्यक्ष विजयी भएका छन्।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

रौता र ताप्लीमा पर्यटकको भीड

नयाँ वर्षमा उदयपुरका दुई पर्यटकीय क्षेत्र आगन्तुकले भरिभराउ भए। विगत दशक यता नयाँँ वर्षहरुमा मेला लाग्दै आएका पहाडी भेगका रौता पोखरी र ताप्ली पोखरीमा यो वर्ष ‘नयाँ वर्ष मेला’मा भव्य जमघट भएको हो।

‘मिस्टर उदयपुर’को उपाधि हमाललाई

उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न ‘मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियनशिप २०७८’ को उपाधि तेजबहादुर हमालले चुमेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्