coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त

यस वर्षको गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारमा रहेका आधा दर्जन बढी कैदीको सजाय मिनाहा गरिएको छ। जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका ७ जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरु रिहा भएका हुन्।

हरेक गणतन्त्र दिवको अवसरमा नेपाल सरकार, गृह मन्त्रालयको सिपारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलन अनुसार उनीहरुको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले बताए। उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य जानका २ पुरुष, सवारी ज्यानका २, सवारी ज्यान र अंगभंग आरोपी १ तथा चोरी र ज्यान मार्ने उद्योगका आरोपी १/१ जना रहेका छन्।

बाँकी सजाय मिनाहा हुने कैदीहरुमा कर्तव्य ज्यानमा आरोप लागी कारागारमा सजाय भोग्दै आएका साविक भलायडाँडा गाविस ९ भइ हाल उदयपुरगढी गाउँपालिका ७ का देबेन्द्र भन्ने ४५ वर्षीय देबबहादुर अधिकारी, साविक लेखगाउँ गाविस ४ भई हाल ताप्ली २ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै सवारी ज्यान आरोपमा कैद सजाय भोग्दै आएका सिराहा नगरपालिका ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिलका ४ का २३ वर्षीय दिनेश थापा रहेका छन्। सवारी ज्यान र अंगभंगको आरोपमा कैद सजाय भोग्दै आएका साविक ताम्लिछा गाविस भइ हाल लिमचुङबुङ २ का ३० वर्षीय सन्तोषकुमार खत्रीले पनि बाँकी सजाय माफ पाएका छन्।

त्यसैगरी चोरी अभियोगमा कैद सजाय भोगिरहेका त्रियुगा नगरपालिका ११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगमा जेल बस्दै आएका रौतामाई गाउँपालिका ७ का नविन भन्ने खम्बसिंह परियारले पनि बाँकी सजाय छुट पाएका छन्।

उनीहरुलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार जेलमुक्त गरिएको जेलर कार्कीले बताए। प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन आइतबार बिहान जेलमुक्त गरेर बिदाइ गरिएको कार्कीले बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App