१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२४ लाख जरिवाना र कैद तोकिएका फरार पक्राउ

पक्राउ ३ परारहरु।

वर्षौंअघिदेखि फरार भइरहेका ४ जना अभियुक्तहरुलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएर सजाय भुक्तानीका लागि अदालतमा बुझाएको छ।

आइतबार एकै दिन पक्राउ पर्नेमा ३ जना वन मुद्दाका दोषी रहेका छन् भने एक जना सवारी मुद्दाका अभियुक्त हुन्। ८ वर्ष र ४ वर्षअघि वन र सवारी ज्यान मुद्दामा अदालतबाट दोषी करार भए पनि भाग्दै आएका फरारहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४ वर्षअघिदेखि फरार रहेका वन मुद्दाका अभियुक्त त्रियुगा नगरपालिका ५ दमौटीका ५२ वर्षीय बलबहादुर बस्नेत र सवारी ज्यान मुद्दाका अभियुत्तः त्रिनपा ४ का ३५ वर्षीय रोहित प्रधान छन्। बस्नेतविरुद्ध ०७५ साउन २९ गतेको अदालती फैसला अनुसार २० दिन कैद तथा १ लाख १ हजार २ सय ४८ रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।

त्यस्तै ४ वर्षअघिदेखि नै फरार अर्का अभियुक्त प्रधानलाई अदालतको ०७५ असार ३ गतेको फैसला अनुसार २४ दिन कैद र २ हजार जरिवाना तोकिएको छ। ८ वर्षअघि नै अदालतले दोषी करार गरे पनि फरार रहँदै आएका त्रिनपा ५ दमौटीकै ४५ वर्षीय गोपाल भन्ने बुद्धिबहादुर राईविरुद्ध अदालतले १ महिला २५ दिन कैद र ९ लाख ६० हजार ५ सय ३३ रुपैयाँ जरिवाना तोकेको छ।

त्यसैगरी त्रियुगा ५ दमौटीकै ५९ वर्षीय पदमबहादुर भन्ने सिंहबहादुर राईलाई पनि अदालतले १ सय २५ दिन कैद र ९ लाख ६० हजार ५ सय ३३ रुपैयाँ नै जरिवाना तोकेको छ। उनीहरुविरुद्ध अदालतले क्रमशः ०७१ साउन २९ गते र ०७१ वैशाख ९ गतेको इजालसबाट फैसला गरी उक्त सजाय तोकेको हो।

पक्राउ चारै जनालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमार्फत् सजाय भुक्तानका लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको छ। प्रहरीबाट प्राप्त भएलगत्तै अदालतले पनि तुरुन्त कैद सजाय भुक्तानका लागि जिल्ला कारागार शाखा पठाएको प्रहरी कार्यालयका निमिक्त सूचना अधिकारी इन्सपेक्टर मोहन थापाले बताएका छन्।

प्रकाशित: ६ भाद्र २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App