१८ असार २०८१ मंगलबार
image/svg+xml

प्रदेश २ मा तस्करराजः सीमाबाट सेटिङमा तस्करी

नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो।

लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’

आठ करोड ८९ लाख ८० हजार बराबरको कोकिनसहित तीन विदेशी पक्राउ

कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले आज जनाएको छ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न

लागुऔषध मुद्दामा फरार रहेका मोरङको बेलबारी नगरपालिका–५ घर भएका एक प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न रहेको खुलेको छ।

लागुऔषध प्रकरणः महासंघको मिसन टोली रौतहटमा

प्रहरी आफैले लागुऔषध राखी पत्रकारलाई फसाएको घटनाको छानबिनको लागि विभिन्न टोली बिहीबार रौतहट आइपुगेका छन्।

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।

लागुऔषधसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।

हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। मधुवननगरपालिका–९ चोक नम्बर १२ स्थितबाट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटना बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।

तेलको ग्यालेनभित्र लागुऔषध

जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन्।

लागुऔषध र ७ लाख रुपैयाँसहित ६ जना पक्राउ

विराटनगर महानगरपालिका–५ बरगाछी चोकबाट ५ जनालाई शुक्रबार र वडा नम्बर १ तीनपैनीबाट १ जनालाई शनिबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्