१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लागुऔषध र ७ लाख रुपैयाँसहित ६ जना पक्राउ

लागुऔषध गाँजा र नगदसहित प्रहरीले विराटनगरबाट ३ भारतीय र ३ नेपाली नागरिकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–५ बरगाछी चोकबाट ५ जनालाई शुक्रबार र वडा नम्बर १ तीनपैनीबाट १ जनालाई शनिबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

भारत विहारको फारबिजगञ्जका १९ वर्षीय सोनुकुमार यादव, पिर्पाघाटका २८ वर्षीय जयराम यादव, नरपथगञ्जका ३० वर्षीय रञ्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् भने धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३२ वर्षीय रुद्र राई, सुनसरी देवानगञ्ज गाउँपालिका–१ का ४० वर्षीय उमेश यादव र धरान उपमहानगरपालिका–१३ का ४५ वर्षीय सूर्य राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘बरगाछी चोकमा चेक गर्न क्रममा लागुऔषध गाँजा र नगदसहित भारतीय र नेपाली नागरिक पक्राउ परेको हुन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘उनीहरुका साथबाट नेपाली रुपैयाँ ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार बरामद  भएको छ ।’ भारतीय नागरिक प्रिन्सको साथ नेपाली र भारतीय रुपैयाँ रहेको थियो भने विभिन्न कम्पनीका ६ वटा मोबायल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेपछि थालेको अनुसन्धानका क्रममा गाँजा बिक्री वितरण गर्ने खुलेको र उनीहरुले विराटनगर–६ स्थित रामपुरको झाँडीमा १८ केजी गाँजा लुकाइ राखेको फेला परेको डिएसपी राईले बताए। गाँजा ओसारपसारमा संलग्न को १ च २४१२ नम्बरको गाडीसहित चालक धरानका सूर्य राई पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ असार २०७८ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App