२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

खैरो हिरोईनसहित चारजना पक्राउ

लागुऔषध खैरो हिराईनसहित पक्राउ परेकाहरु ।

चितवनमा लागुऔषध खैरो हिराईनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। खैरहनी नगरपालिका वडा नं. ७ सुर्तना स्थित हरिशरण चौधरीको माछापोखरीमा केही व्यक्तिहरु लागुऔषध सेवन तथा बिक्री वितरणको लागि भेला भएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ।  

पक्राउ पर्नेहरुमा चितवनको खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी बस्ने ३१ वर्षीय भरत भन्ने खेमराज न्यौपाने, खैरहनी नगरपालिका वडा नं.६ पर्सा बस्ने २९ वर्षीय मुकेश चौधरी, भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुर बस्ने ३४ वर्षीय सोनु भन्ने गौरव पाण्डे र क्षेत्रपुरमा नै बस्ने ३६ वर्षीय दिपक पाण्डे रहेका छन्।

माछापोखरीमा रहेको निर्माणाधीन टहरोमा शंकित अवस्थामा फेला परेका उनीहरुलाई नियन्त्रणमा लिई शरीर तलासी गर्दा निजहरुको साथवाट लागुऔषध खैरो हेरोईन ३ ग्राम ७३० मिलिग्राम र नगद तीस हजार रूपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ। पक्राउ गरिएकाहरुलाई सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ।

त्यस्तै वन मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा साबिक शक्तीखोर गा.बि.स.वडा न.४ हाल कालिका न.पा. ३ बस्ने कुमार भन्ने सोमबहादुर प्रजालाई पक्राउ गरिएको हो।  

जिल्ला अदालत चितवनको २०७२ माघ १० गतेको फैसलाले बिना ईजाजत रुख काटी चिरान गरेको बन मुद्दामा ६(छ) महिना कैद र पैंसठी हजार छ सय रकम जरिवाना तोकिएकोमा फरार भएका थिए।

प्रकाशित: २२ श्रावण २०७८ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App