२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। मधुवननगरपालिका–९ चोक नम्बर १२ स्थितबाट प्रहरीले शुक्रबार पक्राउ गरेको हो। मधुवननगरपालिका–९ चोक नम्बर १२ सिर्जनशिल टोलमा बस्ने ३६ वर्षीय कमल शर्मा पक्राउ परेका हुन्। 

शंकास्पद रुपमा रहेका शर्माको चेक जाँच गर्ने क्रममा प्रहरीले लागुऔषध फेला पारेको छ। शर्माले बिक्री गर्ने उद्देश्यले ब्राउन सुगर राखेका खुलेको छ। शर्माले पुरिया बनाई लुकाई छिपाई राखेको अवस्थामा १० ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।  

लागु औषध नियन्त्रण ब्युरो नेपालगंज शाखा र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो। प्रहरीले शर्मालाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए।

प्रकाशित: २० असार २०७८ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App